धादिङ । विश्व बाल दिवस (नोभोम्बर २०) अवसरमा युवा रेडक्रस सर्कल एड्भान्स एकेडेमीको आयोजनामा निबन्ध लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा कक्षा ८ तर्फ खुसी राना मगर प्रथम, जेनिशा घले द्विती, कृतिका श्रेष्ठ तृतीय, कक्षा ९ तर्फ निता श्रेष्ठ प्रथम, नम्रता दुवाडी द्वितीय, रोमन श्रेष्ठ तृतीय भएका छन् । यस्तै कक्षा १० तर्फ गुनगुन श्रेष्ठ प्रथम, अमृत गुर्छान मगर द्वितीय र प्रभात पाण्डे तृतीय भएका थिए ।
विद्यार्थीमा बालकालिका सम्बन्धित हक अधिकारका बारेमा सचेत गराउने, बालबालिकाहरुको बाल अधिकारका बारेमा परिवार र सरकारको भूमिका, व्यक्तित्व प्रतिभा प्रस्फुटन, लेखाइ सीप विकास, बाचन कला वृद्धि लगायतका विषयहरुमा बालकालिकाहरुलाई सुचित गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल भीमबहादुर श्रेष्ठ ज्यूले धादिङपोष्ट बताए ।