एड्भान्समा एकल नृत्य प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक ३०, २०८१

धादिङ । एड्भान्स एकेडेमी नीलकण्ड ३ धादिङबेसीले कक्षा १ देखि कक्षा ३ सम्म अध्ययन गर्ने नानीबाबुहरुको एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । साथै दोस्रो आन्तरिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।

विद्यार्थीहरुलाई पढाईका साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत व्यक्तिको रुचि, क्षमतालाई मध्यनजर गर्दै व्यक्तिगत प्रतिभा प्रस्फुटन, नृत्यकलाको विकास, प्रतिस्पर्धात्मक क्षमताको बृद्धि, लोक तथा सांस्कृतिक पक्षको जगेर्ना र मनोरञ्जनको उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल भीमबहादुर श्रेष्ठ ज्यूले धादिङपोष्टलाई बताए ।

एकल नृत्य प्रतियोगितामा विजय हुने विद्यार्थीहरुको विवरण:
कक्षा १ : सुस्मिता गुरुङ प्रथम, श्रीयान श्रेष्ठ द्धितिय, रियान श्रेष्ठ तृतीय, प्रिति गुरुङ सान्त्वाना
कक्षा २ :सहनन कडेल प्रथम, मिनल कोइराला द्धितिय, रिदिमा नेपाली तृतीय, लुना भट्ट सान्त्वाना
कक्षा ३ : स्मारिका श्रेष्ठ प्रथम, दिपिशा श्रेष्ठ द्धितिय, साया श्रेष्ठ तृतीय, गुराँस श्रेष्ठ सान्त्वाना

उत्कृष्ट नृत्य
स्मारिका श्रेष्ठ कक्षा ३
उत्कृष्ट श्रृगार र भेषभूषा
स्पृया शाही
उत्कष्ट नृत्य प्रशिक्षक
सुहनअना कडेल