गंगा जमुना मेला कार्तिक २६ गते, पुग्नै पर्ने केहि तथ्यहरु

Avatar photo
नारायण सिलवाल
बुधबार, कार्तिक १४, २०८१

धादिङ । भू–स्वर्ग मध्येको एक पवित्र स्थल हो धादिङको गंगाजमुना गणेश पर्वत । रहस्यमही जुम्ल्याहा झरना, पर्वतको मध्येभागमा रहेको प्राकृतिक एवं दैवी शक्ति ले पुर्ण भएको पत्थर कुण्ड, कुकुर धारा यस मेलाको मुख्य आकर्षण हुन् ।

धार्मिक प्राकृतिक सुन्दरता बोकेको गंगा-जमुना झरनालाई सरकारले पर्यटकीय गन्तव्यका रुपमा २०७७ मै छनोट गरिसकेको स्थान हो । यहाँ हरेक साल कार्तिक शुक्ल दशमी तिथिमा विशाल मेला लाग्ने गर्दछ । यस वर्षको मेला यहि कार्तिक २६ गते हुने छ । यस दिन ठुलो धार्मिक मेला सँगै राष्ट्रिय तथा स्थानीय कलाकोरहरुको बेजोड साँस्कृतिक कार्यक्रम समेत हुने छ ।

गणेश-पर्वत+हिउँ: हिमाल नै चाहि दुरिको हिसावले १६ सय खोला-अर्थात वर्तमान चुम भ्याली (गोर्खा) र केरुङ (भोट/तिव्वत) को पर र वर रहेको सिमारेखाकै आसपास पर्छ, तर पर्वतमाला भने सल्यानटारबाट उठेर यहि गंगा जमुनाको झर्ना र चट्टानको फेरो (मान्वु-गंगाजमुना र रुवि भ्याली हुदै माथि आकाशिन पुग्दछ ।

गंगा जमुनाको झर्ना संगै रहेको चट्टान भित्र टलक्क टल्कने रुविको मुखमा दुध र जल हालीदिने परमपरा धेरै पुरानो हो । जस्लाई गणेशको मुख (सुड) को रुपमा अर्थयाउने हाम्रा पृर्य हजुरबुबाका पुस्ताहरु सायदै ४० वर्ष यता कोहि जिवित रहेनन्नै । दुर्घटनावस काटेको मान्छेमा पशुको टाऊंको जोडेर वनेको गणेशलाई रगत र वलि नदिने परमपरा छ । त्यसैले यसमा फुलका डोलि र पालियका परेबाहरुलाई स्वतन्त्र रुपमा आकाश गंगामा छोडिने गरिन्छ ।

निरन्तर धामि झाक्रिहरुको आगमन भईरहने यस पर्वतमा जडिबुटिको अथाहा परिकार रहेको विस्वास मात्र गरिदैन यहांको जडिवुटिको रसहरुबाट बग्ने पानीले जनावरहरु टोकाईमा लाग्न सक्ने रेविज जस्ता घातक रोगको पनि उपचार हुने विस्वासमा अझै निरन्तरता छ ।

हनुमानले औषधि खोज्न आऊदा नाना थरिका जडिवुटि विच चाहिने जडिवुटि छुट्याउन नसकेर यहिको पाहाडनै उठायर लगेको र त्यसको परिपुर्ति भई रहोस (सिंचन) भनेर दुई विशाल नदिहरु गंगा र जमुनाको पानी वाफको रुपमा पठायको त्यो वाफनै यहि चट्टानमा ठोकियर झर्नाको रुप लिएको कथनहरु पाईन्छ ।

गंगा-जमुनाबारे जानकारी

  • हरेक वर्ष कार्तिक शुक्ला दशमी तिथिमा गंगा-जमुनामा विशाल मेला लाग्ने गर्दछ ।
  • फुलखर्क, गुम्दी, रि, लापा, सेर्तङ, मान्बु, सेर्तुङबास, केरौजा, चिसापानी सँगै रसुवाको लदाम, चिलिमे, लाङ्टाङ सँग जोडिन पुगेको गणेश पर्वत श्रृङ्खलाको १८०० मिटर उचाईमा रहेको छ ।
  • रुबी अर्थात बहुमुल्य पत्थरको पर्वतका रुपमा हेरिएको गणेश पर्वत श्रृङ्खलामा रहेको यस झर्ना पर्यटन, धार्मिक, साँस्कृतिक रुपमा महत्वपूर्ण रुपमा लिइन्छ ।
  • आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य गंगा जमुना झरना माथि रहेको प्राकृतिक भ्यूटावर जहाँबाट धादिङको साविकका सबै वडा, गोरखाको उत्तरी क्षेत्र, नुवाकोट रसुवाको अधिकाँश भुभाग, गणेश हिमाल र काठमाडौको चन्द्रीगरी देख्न सकिन्छ ।

गंगा-जमुना झरनाको महत्वः

  • धार्मिक विश्वास अनुसार गंगा जमुना रहेको गणेश पर्वत श्रृखङ्ला गणेश शिव पार्वतीका पुत्र हुन् । शिव पार्वतीको निवास स्थान कैलाश पर्वत र गणेशको निवास स्थल यहि यहि हो भन्न परम्परा छ ।
  • ऋषि मुनिहरुको पवित्र तपो भुमिको रुपमा वर्णित यस सुरभ्य भुभागमा गंगाजमुना, तातोपानी जइसल कुण्ड लगायत तीर्थस्थलहरु प्राचीनकाल देखिनै श्रद्धा र विश्वास रहि आएको छ ।
  • गंगा जमुना झर्ना नजिकै अर्को धारा छ, जसलाई स्थानियहरु कुकुर धारा भन्ने गर्छन् । यस धारा गणेशको आँशुबाट बगेको यसमा कीट नाशक गुण समेत भएको विश्वास गरिन्छ । उक्त कुकुर धारामा नुहाए कुकुर वा जीव जन्तुले टोकेको विष हटेर जान जन विश्व रहि आएको छ ।
  • गंगा जमुना झरना २ हजार ८ सय मीटरको उचाईमा रहेको पहरोबाट खसेर १ हजार ८ सय मिटर उचाइमा रहेका तिर्थालुहरु जम्मा हुने सभा क्षेत्र आईपुगेको छ ।
  • १ हजार मिटर माथीबाट एकै पटक खस्दा पानीले झर्नाको रुप लिई पानीको थोपाहरु हावामा बयेली मोतीको दाना झै टल्कदै झरेको दृष्य पर्यटकहरुका लागि आकर्षक बन्ने गरेको स्थानीयहरु बताउँछन् ।
  • गंगा जमुनालाई हिमालय पुराणमा दिदी बहिनीको रुपमा वर्णन गरिएको पाईन्छ । यसै झर्ना मिसिएर भारतमा पुगी प्रसिद्ध गंगा नदी बनेको र यहाँको गंगा जमुनाले जस्तै त्याहा गंगा र यमुनाले प्रसिद्धि कमाएको बताईन्छ

कसरी पुग्ने गंगाजमुना ?
गंगाजमुना गाउँपालिकाका प्रवक्त कुमार अधिकारीका अनुसार गंगा जमुना झर्ना पुग्न काठमाडौंबाट करिब १ दिनको गाडीको यात्रा पार गर्नुपर्ने हुन्छ । अहिले गंगाजमुनाको फेदिसम्म कच्ची बाटो पुगेको छ । सार्वजनिक यातयातमा जानेहरुले भने काठमाडौंको माछापोखरीस्थित धादिङ्ग बसपार्कबाट सिधै गंगा जमुना (फूलखर्क) पुग्न सकिन्छ । धादिङ्गबेसीबाट सल्यानटारसम्मको करिब ३० किलोमिटर बाटो मध्ये टारीबेसीसम्मको बाटो पिच छ । त्यसपछिको करिब १५ किलोमिटर बाटो कच्ची छ । स्थानीय स्तरमा पाइने लोकल अर्गानिक) खानेकुराको स्वाद चाख्दै अघिबढ्दा त्यहाँको तामाङ्ग तथा गुरुङ्ग समुदायका विभिन्न धर्म र संस्कृतिको पनि अवलोकन गर्न पाइन्छ ।