
धादिङ । धादिङको खनियाबास गाउँपालिका २ स्थित कोखिम खेल मैदानमा जारी फुटबल प्रतियोगिता ले जितेको छ ।
खनियाबास समृद्धि समाज धादिङले आयोजना गरेको यस साविकको झार्लाङ गाविस वडा स्तरीय प्रतियोगितामा २२ टिम सहभागि थिए । असोज २६ देखि सुरुभएको यस प्रतियोगिता वडा नम्बर ९ ले जितेको छ, भने दोस्रो वडा नम्बर ७ र तृतिय वडा नम्बर १ भएका थिए ।
विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि सांसद डम्बर तामाङ, विशेष अतिथि पालिकाका उप प्रमुख सेक्केमान तामाङको हातबाट प्रथमलाई ६० हजार,द्वितियलाई ४० हजार र तृतीयलाई २० हजार पुरस्कार प्रदान गरिएको अध्यक्ष सुबम लामाले धादिङपोष्टलाई बताए ।