बेनीघाट रोराङ र खनीयाबासका बाढी/पहिरो पीडितलाई एनआरएनएले सहयोग गर्ने

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक २, २०८१

धादिङ । धादिङ खनियावास गाउँपालिका दार्खा घर भई बेलायतमा बस्दै आएका रामशरण सिंखडा अहिले गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय उपाध्यक्ष छन् । उनकै पहलमा धादिङका दुई गाउँपालिकाका बाढी –पहिरो पीडितले सहयोग पाउने भएका छन् ।

खनियावास गाउँपालिकाको ५० घरपरिवार र बेनिघाट रोराङ गाउँपालिकाको ५० घरपरिवारलाई राहात स्वरुप तत्काललाई प्रति घर १५-१५ हजार सहयोग गर्ने हौं । यो राहात वितरणको क्रममा उहाँहरुलाई थप सहयोग के को हो ? त्यो पहिचान गरि अर्को योजना बनाउँछौं उपाध्यक्ष सिंखडाले धादिङपोष्टलाई बताए ।

हाल राहात प्रदान गरिने एनआरएनएको सूचीमा धादिङ खनीयाबास गाउँपालिका ४ धार्नाका पहिरो प्रभावित ५० घरपरिवार र बेनीघाट रोराङ ६ को चेपाङ बस्तीका ५० घरपरिवार छन् ।