
धादिङ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत कात्तिक २ र ३ गते देशैभर बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।
यो अभियानमा ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाईने र १५ महिनासम्म लगाउनु पर्ने कुनै नियमित खोप छुटेको छ भने त्यो खोप पनि लगाईने छ ।
भिटामिन ए को डोज
६ महिना सम्मको बच्चालाई नखुवाउने, ६–१२ महिना सम्मको बच्चालाई आधा क्याप्सुल खुवाउने र १२ महिना देखि ५ वर्ष सम्मको बच्चालाई १ क्याप्सुल खुवाउने
जुकाको औषधी को डोज
१२ महिना सम्मको बच्चालाई नखुवाउने, १–२ वर्ष सम्मको बच्चालाई आधा क्याप्सुल खुवाउने र २ वर्ष देखि ५ वर्ष सम्मको बच्चालाई १ क्याप्सुल खुवाउने