धादिङको नेपाल चोकमा हाटबजार मेला लाग्ने

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज ८, २०८१

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका ३ बृचेत स्थित नेपाल चोकमा शनिबारे हाटबजार मेला लाग्ने भएको छ ।

विगत केहि वर्ष अघि पनि त्यस ठाउँहाटबजार मेला लाग्थ्यो । त्यसैलाई निरन्तरता दिँदै स्थानीय महिला समूहले यो कार्यक्रम गर्न लागेको स्थानीय चोक घलेले धादिङपोष्टलाई बताए ।

अब हरेक शनिबार बेलुका ४ बजे देखि नेपाल चोकमा हाटबजार लाग्छ, त्यसको आयोजना हरियाली कृषि समूह र प्रगतिशिल आमा समूहले गर्ने सन्तोष तामाङले बताए ।