धादिङका तीन जना बने कबड्डीको राष्ट्रिय रेफ्री

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २८, २०८१

धादिङ । धादिङका तीन जनाले राष्ट्रिय स्तरको एड्भान्स रिफ्रेस निर्णायक तथा प्रशिक्षक तालिम लिएका छन् । यो सँगै उनीहरुले कबड्डीको राष्ट्रिय रेफ्रीको लाईसेन्स प्राप्त गरेका छन् ।

भदौ २१ देखि २७ सम्म एक साता काठमाडौंमा चलेको उक्त तालिम धादिङबाट कबड्डी संघ धादिङका अध्यक्ष समेत रहेका रत्नेश यादव, सुमित दुधराज र विनोद थापामगरले लिएका हुन् ।

तालिममा ४५ निर्णायक तथा ४० प्रशिक्षक सहभागी रहेको संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए। दुवै तालिम लिने ७० जना छन् । सहभागीलाई प्रो–कबड्डीका निर्णायक अजित, प्रशिक्षक श्रीनिवासन रेड्डी, महासचिव झालगायतले प्रशिक्षण दिएका थिए ।