धादिङ । काठमाडौंको सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको हलमा जारी तेस्रो एनटीए नेशनल लिग तेक्वान्दो प्रतियोगितामा धादिङका खेलाडीले २ स्वर्ण र १ रजत पदक स्वर्ण पदक जितेका छन् ।
धादिङका तेक्वान्दो प्रशिक्षक गौतम श्रेष्ठका अनुसार धादिङका प्रमिता तामाङ ४६ केजी तर्फ र धन राहदीले ५९ केजी तर्फ स्वर्ण पदक जितेका हुन् भने धादिङकै शिव सम्राट अर्याल रजत पदक जितेका हुन् ।
यस प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई नोभेम्बरमा हुने माउण्ट एभरेष्ट जी–१ कपमा निःशुल्क प्रतिस्पर्धा गराइने छ ।
यस प्रतियोगितामा देशभरका १३० टिमका १६०५ जना तेक्वान्दो खेलाडीहरुको सहभागिता रहेको थियो जसमा धादिङबाट ४० जना खेलाडीले भाग लिएका थिए ।