धादिङ । नेकपा (माओवादी केन्द्र) काठमाडौं-बेनीघाट रोराङ समन्वय समितिको तेस्रो भेलाबाट अध्यक्षमा विष्णु ढुङ्गाना चयन भएका छन् ।
ध्रुव सिल्वालका अनुसार नव निर्वाचित २५ सदस्यी समितिको उपाध्यक्षमा टेकबहादुर चेपाङ, सचिवमा रुपिशा मगर, सह सचिवमा विवेक बुढाथोकी, कोषाध्यक्षमा टिका कंडेल चयन भएका छन् ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका निवर्तमान मुख्य मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा जिल्ला सचिव दिपक लामिछाने (सुबोध), हरि डल्लाकोटी, मिलन सिल्वाल, ध्रुव सिल्वाल लगायतको आतिथ्यता रहेको थियो ।
धादिङका पालिका स्तरीय काठमाडौं सम्पर्क समितिहरुको भेला अन्तिम चरण पुगेको छ र अब २९ गते प्रचण्डको प्रमुख आतिथ्यतामा धादिङ-काठमाडौं सम्पर्क समन्वय समितिको भेला हुने कार्यक्रम तय भएको जिल्ला सचिव दिपक लामिछानेले धादिङपोष्टलाई बताए ।