नेपाल र बंगलादेश आज साफ च्याम्पियनशिपको उपाधिका लागि भिड्दै

Avatar photo
Dhadingpost
बुधबार, भदौ १२, २०८१

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरु हुनेछ ।

यस उमेर समूहमा नेपाल उपाधिमा ह्याट्रिक गर्ने कोशिशमा रहनेछ भने बंगलादेश पहिलो उपाधि जित्ने सुरमा हुनेछ । जसको लागि नेपाल उत्कृष्ट लयमा पनि देखिएको छ । नेपाल अपराजित रहदै फाइनलमा‌ पुगेको हो । नेपालले यसअघि सन् २०१५ मा नेपालमै भएको पहिलो र भुटानमा सन् २०१७ मा भएको दोस्रो संस्करण जितेको थियो ।

नेपाल साफ च्याम्पियनसिपको तेस्रो पटक फाइनलमा पुगेको हो । यसअघि दुवै पटक फाइनलमा पुग्दा नेपालले उपाधि जितेको थियो । यो पटक नेपाली टिम लयमा देखिएको छ । पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका हुन् । गएको संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि जितेको थियो ।