ओलम्पिकको म्याराथनमा सन्तोषी ७९ औं

Avatar photo
Dhadingpost
सोमवार, साउन २८, २०८१

काठमाडौं । पेरिस ओलम्पिकको महिला म्याराथनमा नेपालकी धाविका सन्तोषी श्रेष्ठ ७९ औं स्थानमा रहिन् । उनीभन्दा पछाडि अन्तिममा भुटानकी किन्जोङ ल्हामु रहिन् । सन्तोषीले २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा दूरी पूरा पुरा गर्दै ७९ औं हुँदा किन्जोङले ३ घण्टा ५२ मिनेट ५९ सेकेन्डमा दूरी पार गरेकी थिइन् ।

आफ्नो म्यानेजमेन्ट टिम, खेलाडीहरू, प्रशिक्षक, सबैसँगको सल्लाहपछि ओलम्पिकमा रेस पूरा गर्नु ठूलो हो भन्ने सन्देशसँगै सहज ढंगले दौडिएकी थिइन् । ‘कीर्तिमान बनाउने धुनमा लाग्दा टफ र कठिन कोर्सका कारण बीचमै रेस छाड्नुपर्‍यो भने ओलम्पिक सहभागिता नै खल्लो हुन्छ भनेर सबैले सम्झाउनुभयो, सबै गुरुसँग सरसल्लाह गरें अनि रेस पूरा गर्ने लक्ष्यमा लागेंकी हुँ ।’ उनने भनिन् ।

पेरिस ओलम्पिकको महिला म्याराथनमा कीर्तिमानसहित स्वर्ण नेदरल्यान्ड्सकी सिफन हसनले जितिन् । उनले २ घण्टा २२ मिनेट ५५ सेकेन्डमा निर्धारित दुरी पार गरेकी थिईन् ।