धादिङ । नीलकण्ठ नगरपालिकाले गरिव तथा जेहेन्दार तर्फ ११९ विद्यार्थीलाई ७ लाख ९६ हजार ५०० र दलित छाबृत्ति तर्फ १२७ जनालाई १२ लाख ७८ हजार सहित २४६ जनाा विद्यार्थीहरुलाई प्रति व्यक्ति १ लाख देखि ५ हजार सम्म छात्रवृत्ति प्रदान गरेको छ । गत शैक्षिक सत्रमा अध्ययनरत उनीहरुलाई उक्त छात्रबृत्ति प्रदान गरिएको हो ।
१ लाख छात्रबृत्ति पाउेमा मणिपाल पोखरामा अध्ययनरत सुनिल सुनार, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थामा अध्ययनरत प्रकाश मल्ल माले, रेशु बि.क. रहेका छन् भने ५० हजार पाउनेमा कान्तीपुर इन्जिनियरिङ कलेजमा अध्ययनरत कुशल बराईली रहेका छन् ।
विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले छात्रबृत्ति स्वरुप प्रदान गरिएको रकम सहि सदुपयोग गर्न आग्रह गरेका थिए । चालु शैक्षिक सत्र देखि माध्यामिक सम्मको शिक्षा पूर्ण नि:शुल्क गरिएको छ अर्को सालबाट कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रबृत्ति प्रदान नगरिने जनाउँदै मेयर ढुङ्गानाले क्याम्पसमा अध्ययनरतलाई भने छात्रबृत्ति दिईने बताएका थिए ।
छात्रबृत्ति पाउने दलित विद्यार्थीको सूची
छात्रबृत्ति पाउने गरिव तथा जेहेन्दार विद्यार्थीको सूची