कोपा अमेरिकाको फाईनल सोमबार बिहान

Avatar photo
Dhadingpost
आइतवार, असार ३१, २०८१

काठमाडौं । कोपा अमेरिका २०२४ को फाईलन खेल नेपाली समय अनुसार सोमबार बिहान ५ः४५ बजे हुने छ, फाईनलमा अर्जेन्टिना र कोलम्विया भिड्दै छन् । खेल अमेरिकाको हार्ड रक स्टेडियम मियामी फ्लोरिडामा हुने छ ।

अर्जेन्टिना
अर्जेन्टिनाले कोपा–अमेरिकामा फुटबलमा पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । अर्जेन्टिना सबैभन्दा बढी कोपा-अमेरिकाको उपाधि जित्ने राष्ट्र पनि हो । हालसम्म अर्जेन्टिनाले १५ पटक उपाधि चुमिसकेको छ । प्रतियोगिताको पहिलो संस्करणमा भने अर्जेन्टिना उप-विजेता बनेको थियो । अर्जेन्टिनाका अतिरिक्त उरुग्वेले मात्र १५ पटक कोपा–अमेरिकाको उपाधि जित्न सकेको छ । अर्जेन्टिना १४ पटक उप–विजेता पनि बनेको छ । अर्जेन्टिनाले सन् १९२१ मा पहिलो पटक र सन् २०२१ मा अन्तिम पटक कोपा–अमेरिकाको उपाधि उचालेको थियो । विश्व फुटबल महासंघद्वारा जारी पछिल्लो वरीयतामा पनि इक्वेडरभन्दा अर्जेन्टिना निकै अगाडि छ । पछिल्लो वरीयतामा अर्जेन्टिना पहिलो स्थानमा आसीन छ । इक्वेडर भने पछिल्लो वरीयताको ३०औँ स्थानमा रहेको छ ।

कोलम्बिया
सन् १९७५ मा पहिलोपटक कोपाको फाइनल खेलेको कोलम्बियाको यो तेस्रो फाइनल यात्रा हो । उसले सन् १९७५ मा मेक्सिकोलाई पराजित गर्दै कोपा अमेरिकाको उपाधि उचालेको थियो। त्यसपछि सन् २००१ मा पुनः फाइनल खेले पनि कोलम्बिया पेरूसँग पराजित भएको थियो ।