तलवभत्ता नलिने घोषणा गरेका धादिङका जनप्रतिनीधि

Avatar photo
नारायण सिलवाल
आइतवार, असार ३१, २०८१

धादिङ । हामीले यसअघि महालेखाको प्रतिवेदनलाई स्रोत मान्दै धादिङको नीलकण्ठ नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीले गत आर्थिक वर्षमा कस्ले कति भत्ता लिएका थिए भन्ने सार्वजनिक गरेका थियौं, जहाँ माओवादी केन्द्रबाट उपमेयर बनेका दिपक विश्वकर्माले सबैभन्दा धेरै भत्ता बुझेको देखिन्छ ।

आज हामी चुनावमा तलवभत्ता नलिने घोषण गरि चुनाव जितेका जनप्रतिनीधिहरुले उक्त रकम के गरेका छन् खोज्ने प्रयास गरेका छौं । चुनावमा नीलकण्ठ नगरपालिका ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, बेनीघाट रोराङ वडा नम्बर ९ का वडा अध्यक्ष देवि बहादुर खड्का, ज्वालामुखी ५ का अध्यक्ष टंक काप्री र गजुरी १ का वडा अध्यक्ष तारा भण्डारीले चुनाव जिते आफूलाई आउने तलवभत्ता सामाजिक काममा लगाउने घोषणा गरेका थिए ।

उनीहरुले के गर्दै छन् त तलव भत्ता ?

१. नीलकण्ठ ३ का वडा अध्यक्षले निर्वाचित भए लग्गतै वडाअध्यक्ष कोष संचालनमा ल्याई अन्य सहयोग समेत थपेर कोषमा तलवभत्ता राख्ने गरेका छन् । उक्त कोष मार्फत उने विपन्न तथा गरि विद्यार्थीहरुका लागि छात्रबृत्ति, पोशाक, स्टेशनरी सामाग्री, दैविक प्रकोप पिडितहरुलाई सहयोग गर्दै आईरहेका छन् भने नियमित औंषधी खानु पर्ने विरामीको स्वास्थ्य विमामा पनि हेल्प गर्ने गरेको उनले बताए । हाल उत्त कोषमा नगद ६ लाख संचित रहेको छ ।

२. बेनीघाट ९ का अध्यक्ष देबी बहादुर खडकाले भने अहिले सम्म आएको तलव भत्ता खातामै रहेको र एउटा विद्यालयलाई अक्षयकोषका लागि ५० हजार सहयोग गरेको बताए । कति जम्मा भएको छ हेरेका पनि छैन । मैले घोषण गरेको हुँ । त्यो पैसा सामाजिक कार्य मै लगाउँछु । तर केमा खर्च गर्ने कसरी खर्च गर्ने, खर्च गर्न पनि कार्यविधि बनाउनु पर्छ रे यसबारे परामर्श मै छु । मैले गरेको घोषणमा म प्रतिवद्ध छु उनले बताए ।

३. ज्वालामुखी ५ का अध्यक्ष टंक काप्रीले आफ्नो पहिलो वर्षको तलव भत्ता अन्नपूर्ण मावि, त्रिपुरासुन्दरी मावि र बालदेवी माविमा कक्षा ११ र मा अध्ययरत विद्यार्थीहरुको शुल्क मिनाह गरेका थिए । यसको प्रभावकारिताका कारण चालुवर्षमा पालिकाले नै ११ र १२ का विद्यार्थीको शुल्क मिनाह गर्न वाध्य भएको थियो । अहिले विज्ञहरु ल्याएर शिक्षक विद्यार्थी र अभिावकलाई अभिमूखीकरण कार्यक्रम गरी तलव भत्ता खर्च गरिएको उनले बताए ।

४. गजुरी १ का वडा अध्यक्ष तारा भण्डारीले चुनावमा बोलेको हुँ, आधा आफुले खर्च गर्ने गरेको छु, आधा चाहि गरिव विद्यार्थी, असाह्यहरुका लागि सहयोग गर्ने गरेको बताए ।

५. माओवादी केन्द्रबाट नीलकण्ठ नगरपालिका वडा नं ११, मा पहिलो कार्यकालको वडा अध्यक्ष तिलक बहादुर थापा मगरले था घोषणा गरे बमोजिम अहिले सम्म पनि तलवभत्ता सामाजिक कार्यमा खर्च गरेका छैन् । दोस्रो कार्यकालको निर्वाचन भई अर्को वडा अध्यक्षको दोस्रो वर्ष पनि वितिसक्यो तर उनले हाल सम्म पनि तलव भत्ता सार्वजनिक काममा लगाएका छैनन् ।धादिङपोष्टलाई उनले भने, बोलेको हुँ, बोलेपछि सकियो । मलाई आएको तलवभत्ता मेरो खातामा सुरक्षित नै छ, खर्च गरेका छैन मात्रै के काम गर्ने भन्ने टुङ्गो नलागेर हो ।