
धादिङ । धादिङ टाईटन्सले असार २९ बाट आयोजना गर्न लागेको जिल्ला स्तरीय कबड्डी सुपर लिगमा ६ टिमले भाग लिने भएका छन् ।
प्रथम हुने टिमले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १० हजार पुरस्कार नगद जित्ने यस प्रतियोगितामा आयोजकको २ टिम, विजेश्वरी २ टिम, थाक्रे र सुनौलो भैरवी गरी ६ टिमले भाग लिने भएका हुन् ।
क्लवका अध्यक्ष काजी श्रेष्ठका अनुसार प्रतियोगिता ठिक १२ बजे उद्घाट हुने छ ।