धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङको अध्यक्ष प्रतापसिंह तामाङ र सदस्य राजन लामाले आज एक औपचारिक कार्यक्रमका बीच पदभार ग्रहण गरेका छन् ।
बागमती प्रदेश सरकारले असार २० गते धादिङका लागि खेलकुद अध्यक्षमा तामाङ र सदस्यमा लामालाई नियुक्त गरेको थियो । दुबै जनालाई जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय सचिव एवम् राखेपका तेक्वान्दो प्रशिक्षक रमेशमान तुलाधरले पदभार ग्रहण गराएका हुन् ।
लाई जिल्ला अध्यक्षमा पहिलो कार्यकालका लागि २०७६ माघ ८ गते र दोस्रो कार्यकालका लागि २०७८ फाल्गुन २४ प्रदेशले नियुक्त गरेको थियो ।
पदभार कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विगत कार्यकालमा आफूले गरेको कामका आधारमा प्रदेशले फेरि ४ वर्षको लागि जिम्मेवारी दिएको दावी गर्दै अध्यक्ष तामाङले अब अधुरा कामलाई निरन्तरता दिँदै धादिङलाई खेलकुद हव बनाउने तयारीमा लाग्ने बताएका थिए ।
कार्यक्रममा वाईसिएल धादिङका अध्यक्ष राजन लम्साल, नेपाल तेक्वान्दो संघ धादिङ अध्यक्ष सम्झना भण्डारी, जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक) लगायतले सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।