नेपाल र श्रीलंका बीचको खेल बुधबार बिहान ५ः१५बजे

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ २९, २०८१

काठमाडौं । जारी आइसीसी मेन्स टि-२० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेल भोली (बुधबार) बिहान ५ः१५ बजे फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा श्रीलंका सँग खेल्ने छ ।

आफ्नो पहिलो खेलमा टोली नेदरल्यान्ड्ससँग पराजित नेपालले दुई खेल दक्षिण अफ्रीका र बंगलादेशसँग हार बेहोरेको श्रीलंका सँग खेल्न लागेको हो । श्रीलंका नेपाल सँग पराजित भए विश्वकपबाट बाहिरिनेछ, भने नेपाललाई सुपर ‘एट’ मा पुग्न बाँकी खेल जित्नु पर्ने दबाब रहेको छ ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपालले अव टेस्ट राष्ट्रसँग खेल्ने छ, त्यसको सुरुआत श्रीलंकाबाट गर्न लागेको हो । नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा समूहचरणको अन्तिम दुई खेल खेल्ने छ । श्रीलंकाले सेन्ट लुसियामा नेदरल्यान्ड्ससँग जुन १६ मा समूहचरणको अन्तिम खेल खेल्ने छ ।

खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित कुमार पौडेलले श्रीलंकाविरुद्ध खेल नेपालको लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताए । उनले विश्वकपमा अन्य एसोसिएट टोलीले ल्याएको नतिजाले पनि नेपालको मनोबल बढेको अभिव्यक्ति दिए ।