काठमाडौं । काठमाडौंमा जारी‘पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४’ को २ करोड ७० लाख रहेको छ । यस प्रतियोगितामा नेपालका दुई टिम डीआरएस (द रियल सोल्जर्स) गेमिङ र होर ईस्पोर्ट्सले प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपालसहित मंगोलियाका ५, कजाखस्तानका ५, पाकिस्तानका ४, बंगलादेशका २, उज्बेकिस्तानका १ र युक्रेनको १ गरी २० टिमले राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गरे, जसबाट शीर्ष १६ टिम फाइनल्समा प्रवेश गरेका छन् । जसमा नेपाली टिम डीआरएसले चौथो र होरले सातौं स्थान हासिल गर्दै फाइनल्सको यात्रा तय गरेका छन् ।
विजेताले २६ हजार डलर, उपविजेताले १८ हजार, तेस्रोले १४ हजार डलर पाउनेछन्। फाइनल्स खेल्नेले कम्तीमा २ हजार डलर पाउनेछ। राउन्ड रोबिन लिगको विजेताले ७ हजार, उपविजेताले ५ हजार, तेस्रोले ४ हजार प्राप्त गर्नेछ। प्रत्येक चिकेन डिनरको २ सय डलर तोकिएको छ।
८ देशका २० टिम सहभागि यस पीएमएसएल सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४ फाइनल्सका शीर्ष ४ टिमले वर्ल्डकप २०२४ को समूह चरणमा प्रवेश पाउनेछन् । यहाँ पाँचौं हुने टिमले वर्ल्डकप को सर्भाइवल स्टेजमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछ, जसको उत्कृष्ट ४ टिमले पनि मुख्य चरणमा अवसर खेल्ने अवसर पाउनेछ।
वर्ल्डकप जुलाई, २०२४ मा साउदी अरेबियाको रियादमा हुने छ भने पुरस्कार ३० लाख डलर (करिब ४० करोड ६ लाख रुपैयाँ) रहेको छ।