कुपाको विकास सुरुवातको त्यो क्षण

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ २७, २०८१

हामीले यसरी सुरु गरेका थियौं ‘कुपाको विकास
त्यहि हो मेरो गाउँ जुन भौगोलिक रुपले कोल्टे पछाडि सानो चिटिक्क परेको बस्ति आफ्नो ठाउँ आफै बनाऔं भन्ने ओत प्रोतले प्रभाबित भएर बसेको राजनैतिक इन्फ्ल्युयन्समा नपरेको र आज सम्म कसै सँग प्रतिसोध र प्रतिरोधको भावना देखि दुर रहेको धादिङ जिल्लाको अन्तिम गाउँ र नुवाकोट जिल्लाको साँधमा रहेको नीलकन्ठ १४ , धुवाकोट कुपा गाउँ ।

आज भन्दा १८ वर्ष पहिले २०६३ साल तिर सदुरकाम धादिङबेसी देखि साबिकको धुवाँकोट गाबिस सम्म कच्चि सडक सन्जालले जोडिसकेको थियो भने यता काठमाडौं नुवाकोट त्रीशुली भर्याङ-भुरुङ सम्म बस चलिसकेको थियो । तर यता भौगोलिक रुपले कोल्टे पछाडि रहेको र त्यो बेला बस्ति सानो रहेकाले सजिलै सँग सडक सन्जाल जोडिन असम्भब जस्तै थियो तर छरिएर रहेको म्यान पावरलाई आफ्नो गाउँ र ठाउँको लागि केहि गर्न पर्छ भन्ने ध्यान एकीकृत गर्न सक्यो भने असम्भब कुराहरु सम्भवमा परिणत गर्न सकिदोरहेछ । ति क्षण मन मस्तिष्कमा अझै मेमोरि भएर आउँछ मेरो गाउँ देखि साबिकको सरस्वती मावि स्कुल धुवाँकोट स्कुल सम्म एक्लो-दुक्लो मानिस हिड्न निकै कठिन पर्थ्यो वनमारा घारिले पैदल बाटो नै ढाकेको हुन्थ्यो भने सुन सान त्यो देउराली कुना तिर जङगली जनावरको त्यतिकै भय हुन्थ्यो । एउटा कमिट्मेन्ट थियो जसरि नि त्यो कोल्टे पारिएको गाउँमा बाटो जोड्ने ।

२०६३ साल माघ फागुन महिना थियो चौतारीमा बसिबिसालोको क्रममा एउटा प्रस्ताव पेस भयो ‘आफ्नो गाउँ, आफै बनाऔं’ हाम्रो गाउँमा पनि हामी आफै मोटर बाटो खनेर लेराम धुरीको एक जना अनिवार्य रुपमा धुवाँकोट गह्ते पधेरो, छाप देउराली हुँदै कुपा मौलो नजोडे सम्म अनिवार्य श्रमदान गरौं चाहे बर्षौ दिन लागोस यस्मा सबैले एकै स्वरमा अनुमोदन गरे त्यस लगतै बृद्ध बृद्धा स्कुलले भाइ बहिनि सहित सबै जना जोस जागर सहित बाटो खन्ने प्रकृया सुरु भएको थियो ।

भर्खर मात्र पल्टनबाट रिटाएर्ड भएर आउनु भएको शेरबहादुर गुरुङ मामा श्रमदान तर्फको इन्चार्च हुनु भएको थियो भने आफु भने एका तर्फ टोल टोललाइ श्रमदानको लागि लेखेको चिठि र एक हातमा हाते माइक बोकेर साझ बिहान श्रमदानको लागि माइकिङ लगाउथे साबिकको धुवाँकोट छाप निवसी देवराज आचार्य दाजुले चिउराको ब्यबस्था गर्नु भएको थियो । अन्तत एक महिनाको लामो श्रमदानबाट सडक ट्र्याक गहते पधेरो छाप देउराली रातो डाँडा हुँदै कुपा मौलो छिचलियौ । यति खुसि भयौ कि खुसियालिमा सामुहिक भोज नै गरेको थियौ ।

पछि २०६७ सालमा डोजर लगाउने भयौ तर बजेट थिएन गाउँमा हुनु हुने शेरबहादुर गुरुङ, मानबहादुर गुरुङ (मान), सन्तबहादुर गुरुङ, कुमार तामाङ, नमराज गुरुङ, सुक तामाङ, मङल गुरुङ, रामबहादुर लगायत अरु थुप्रै साथिहरु हामी प्रदेशमा बस्नेले स्वेच्छिक आफ्नो गाउँको बाटो आफ्नै पकेटबाट खनौ भन्ने उदेस्यले आफ्नै लगानीमा नुवाकोटको सिमाना प्रमचेत सानु खोला सम्म सडक जोड्ने काम भएको थियो ।

२०७३ सालमा सुकबहादुर तामाङको नेतृत्वमा भिमबहादु गुरुङ, रामहादुर तामाङ लगायत केहि युवा हरुको नेतृत्वमा रिठ्ठे खोलाको पारा खोल्ने काम भयो । यस अभियानमा सुकबहादुर तामाङको सबै बन्दा धेरै लगानी परेको थियो । २०७८–७९ मा भिमबहादुर गुरुङको नेतृत्वमा वडाको केहि बजेटमा कुलो खन्ने काम भएको थियो । २०७९–८० मा नुवाकोट प्रमचेत निवासी समाजसेवी तथा राजनितिज्ञ जसबिर तामाङ, मास्टर सन्त ब, तामाङहरुको समन्वयमा सामरी कल्लाबारि प्रमचेत कुपा धुवाँकोट धादिङ सम्मको कालोपत्रे पक्कि सडकको लागि म्एच् तयार भएको थियो ।

अन्तत: प्रादेशिक बजेटबाट अहिले नुवाकोट कुपा धादिङ जोड्ने सडक सन्जाल कालो पत्रे पक्कि सडकको लागि तिब्र गतिमा २०८२ सम्म सम्पन्न गर्ने उदेश्यले काम भैइरहेको छ । यस कार्यमा निलकन्ठ १४ का वडा अध्यक्ष नमराज दुवाडी, वडा सद्स्य भिमबहादुर गुरुङ, कुपा युवा समाजका अध्यक्ष हर्क गुरुङ लगायत कुपा समाजक साथिहरु सहजताको लागि खटिरहनु भएको छ ।

सुरुवात गरौं यसो गर्दा तीनै तहको सरकारको ध्यान जान्छ र विकासले गति लिन्छ । कुपा हामी कुपा वासी देश तथा विदेश जहाँ रहेपनि एकतावद्ध छौं । गाउँमा रहेकाहरुले आफ्नो तर्फबाट सामाजिक काम गरि रहनुभएको छ । हामी परदेशमा रहेकाहरुले पनि आवश्यक सहयोग गरिरहेका छौं । हामी अहिलेपनि कुपा गाउँको हरेक पक्षको विकासका लागि एकतावद्ध र प्रतिवद्ध छौं ।

अरुण गुरुङ
कुपा युवा समाज सोसियल याक्टिभिटिज निलकन्ठ(१४ धुवाँकोट कुपा धादिङ ।
हाल: मकाउ