हङकङ माथि नेपालको सहज जित

Avatar photo
Dhadingpost
सोमवार, बैशाख ३, २०८१

काठमाडौं । ओमानमा जारी एसिसि प्रिमियर कप अन्तरगत समूह ए मा रहेको नेपालले लगातार तेस्रो जित निकाल्दै ६ अंक जोडेको छ ।

यसअघि मलेसिया र कतारलाई हराएको नेपालले आज हङकङलाई हराए र ६ अंक का साथ सेमिफाईनल प्रवेस गरेको छ । अब नेपालले समुह चरणको अन्तिम खेल बुधबार साउदी अरबसँग खेल्नेछ ।

आज भएको तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको सहज जीत दर्ता गर्‍याे । हङकङलाई हराउन नेपालले बलिङ, ब्याटिङ र क्षेत्ररक्षण तीनै पक्षमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।