आज नेपाल र हङकङ भिड्दै

Avatar photo
Dhadingpost
सोमवार, बैशाख ३, २०८१

काठमाडौं । ओमानमा जारी एसिसि प्रिमियर कपमा आज साविक बिजेता नेपालले नेपाली समय अनुसार पौने १२ बजे हङकङ सँग खेल्दै छ । मलेसिया र कतारलाई हराउँदै अपराजित रहेको साविक विजेता नेपाल आज एक खेलमा साउदी अरबविरुद्ध स्तब्ध बन्न पुगेको हङकङ सँग खेल्न लगेको हो ।

आजको खेल जित्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ । समूह ए मा साउदी, हङकङ र मलेसियाको समान २ खेलमा समान २ अंक नै रहेको छ । यस समूहमा कतार अंकविहिन छ ।

नेपालको २ खेलमा ४ अंक रहेको छ । समूह बी मा ओमान र युएईको समान २ खेलमा समान ४ अंक छ । कुवेतको २ अंक रहँदा बहराइन र कम्बोडिया अंकविहिन छन् । दुबै टिमका विजेताले फाईनल खेल्ने छन् भने फाईनल विजेता टिम सन् २०२५ को एसिया कपका लागि छनौट हुनेछ ।