धादिङका सन्तोषी र अभिषेकले जिते बागमतीका लागि ३ स्वर्ण

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २८, २०८०

धादिङ । बागमती प्रदेशको आयोजनामा यहि चैत २५ गते देखि जारी अन्तर प्रदेश राष्ट्रिय खेलकुद–२०८० मा बागमती प्रदेशबाट धादिङका सन्तोषीले २ स्वर्ण र अभिषेक डल्लाकोटीले १ स्वर्ण जितेका छन् ।

सन्तोषीले १० हजार मिटर र ५ हजार मिटर दौडमा स्वर्ण जितेकी हुन् भने अभिषेकले ५४ केजी पुरुष तर्फ तेक्वान्दोमा स्वर्ण जितेका हुन् । यस्तै कराते महिला तर्फ ५५ केजी समिक्षा ढुङ्गाना तेस्रो बन्न सफल भएकी छिन् । प्रदेशबाट छनोट भई धादिङका पाँच सन्तोषी श्रेष्ठ, सुप्रिमा बजगाई, अभिषेक डल्लकोटी, रुपेश तामाङ, समिक्षा ढुङ्गाना जनाले सहभागिता जनाएका छन् ।

७ प्रदेशको सहभागीता रहेको यस प्रयिोगितामा ९ खेल विधा खेलहरु भलिबल, फुटबल, क्रिकेट, बक्सिङ, कराँते, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन र पौडी खेलहरु रहेका छन् ।