एन्फाले धादिङमा चैत्र ५ गते यु-१३ का खेलाडी छनोट गर्ने

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन ३०, २०८०

धादिङ । एन्फा एकेडेमीका लागि धादिङ जिल्ला फुटबल संघले आगामी चैत्र ५ गते यु १३ का छात्र/छात्रा फुटबल खेलाडी छनोट गर्ने भएको छ ।

एन्फाले ४८ वटा शाखालाई पत्रचार गरि चैत्र २२ गते भित्रमा जिल्ला छनोट गरि सक्न भनेपछि धादिङले चैत्र ५ गते धुनीबेसी स्थित रंगशालामा छनोट कार्यक्रम राखेको महासचिव रामहरि थापाले धादिङपोष्टलाई बताए ।

यो महत्वपूर्ण अवसर हो छनोटमा परेका खेलाडीहरुले एन्फा एकेडेमीमा रहेर सिक्ने अवसर मात्रै पाउँदैनन् आफ्नो फुटबल यात्राको करिअर समेत सुरुवात गर्न सक्ने छन् । बेनीघाट, सल्यानटार, नीलकण्ठ लगायत जिल्लाका विभिन्न ठाउँहरुमा ग्रासरुटका प्रतियोगिताहरु हुँदै आएको देखिएको छ । यस्ता छनोट प्रतियोगिता उनीहरुलाई सहभागिता गराई दिन क्लव, विद्यालयहरुलाई थापाले अनुरोध समेत गरेका छन् ।

सरकारी होस् या निजी सबै विद्यालयमा फुटबलमा रुची भएका विद्यार्थी छन्, ती मध्य यु १३ का विद्यार्थीहरुलाई चैत्र ५ को छनोटमा सहभागी गराईदिन हाम्रो आग्रह छ, उनले भने ।