धादिङको राष्ट्रपति रनिङ शिल्ड भोली देखि, मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्ने

Avatar photo
नारायण सिलवाल
शनिबार, माघ १३, २०८०

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले (भोली) माघ १४ गते देखि हुने जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेदकुद प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जाएको छ । अध्यक्ष प्रतापसिंह तामाङका अनुसार धादिङबेसी स्थित कवर्डहल परिसर र खुल्लामञ्च परिषरमा हुने उक्त प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्ने कार्यक्रम रहेको छ ।

जिल्ला खेलकुद विकास समितिका धादिङका कार्यालय प्रमुख रमेशमा तुलाधरका अनुसार यस प्रतियोगितामा जिल्लाका १३ वटै पालिकाबाट छनोट भएर आएका करिव ९५० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । जिल्लाबाट छनोट हुने खेलाडीहरु प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भाग लिन पाउँने छन् । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्टका खेलहरु हुने छन् ।

माघ १६ गते सम्म चल्ने यस प्रतियोगिताको भलिबल र एथ्लेटिक्स तर्फ रेफ्रीहरु जिल्ला बाहिरबाट ल्याईएको छ । स्रोतका अनुसार जिल्लामा रहेका रेफ्रीहरुले सरकारी रेटमा काम नगर्ने जनाएपछि जिल्ला बाहिरबाट ल्याईएको बताईएको छ ।