
धादिङ । नीलकण्ठ नगरपालिका १३ स्थित मधुवनमा सम्पन्न भएको दोस्रो खुल्ला पञ्चकन्या तथा भरत सारु मगर स्मृति कप–२०८० फुटबल प्रतियोगिता आयोजक मधुवन युवा समाजलाई ०–१ गोलको अन्तरले पराजित गर्दै दुब्चे युवा क्लव नेत्रावती डवजोङले जितेको छ ।
दुब्चे जितका लागि सुजन खनालले गरेको १ गोल नै निर्णायक गोल बन्न पुगेको थियो । जित सँगै दुब्चेले ५५ हजार ५५५ र उपविजेता मधुवन युवा समाजले २५ हजार ५२५ नगद जिते ।
