मधुवनमा जारी फुटबलको आज फाईनल

Avatar photo
Dhadingpost
बुधबार, माघ १०, २०८०

धादिङ । मधुवन युवा समाजको आयोजनामा नीलकण्ठ नगरपालिका १३ स्थित मधुवनमा जारी दोस्रो खुल्ला पञ्चकन्या तथा भरत सारु मगर स्मृति कप–२०८० फुटबल प्रतियोगिताको आज दिउँसो १ बजे फाईनल हुने भएको छ ।

फाइनल खेल आयोजक मधुवन युवा समाज र दुब्चे युवा क्लव बीच हुने छ । फाईनल यात्राका लागि सेमिफाईनलमा मधुवनले एक्टिभ भोर्लेलाई २–० को गोल अन्तरले र दुब्चेले वाईएससीलाई ३–२ को गोल अन्तरले पराजित गरेका थिए ।

यस 7 “A” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको विजयी टिमले ५५ हजार ५५५ र उपविजेता टिमले २५ हजार ५२५ नगद पाउने छन् ।