बेनीघाट रोराङले सात विद्यालयमा छात्रावास संचालन गर्दै

Avatar photo
नारायण सिलवाल
आइतवार, माघ ७, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले पहिलो चरण अन्तरगत वडा नम्बर ८ का सात विद्यालयमा कक्षा २ देखि ५ सम्म अध्ययनरत विद्यार्थीका लागि छात्रावासको व्यवस्था गर्ने भएको छ ।

गाउँपालिका प्रमुख कृष्णबहादुर थपलिया (विवेक) का अनुसार एकीकृत आवाशीय विद्यालय कार्यक्रमका लागि १ करोड विनियोजन गरिएको छ । यो चुनौति पूर्ण काम छ, मेरो कार्यकालमा सबै वडामा यो कार्यक्रम संचालन गर्ने तयारीमा छु, पालिका प्रमुख थपलियाले धादिङपोष्टलाई बताए ।

सिमान्तकृत जातिको बाहुल्यता रहेको वडा नम्बर ८ का बालबालिका भूगोलका कारण विद्यालय छाड्ने, पढ्न नजाने अवस्था छ, एकीकृत आवाशीय विद्यालयको यो कार्यक्रम देशभर मै हामी पहिलो पटक लागू गर्दै छौं अब २ देखि ५ कक्षा सम्मका विद्यार्थीलाई छात्राबासको सुविधा दिईने छ, उनले बताए ।

पालिकाका शिक्षा अधिकृत बोधराज पाठकका अनुसार वडा नम्बर ८ का कालिका मावि, गोठीभन्ज्याङ आवि, चित्रकालिका आवि, जनप्रभात आवि मिजारगाउँ, जलकन्या आवि, जलदेवी आवि र सुर्योदय आविमा एकीकृत आवाशीय विद्यालय कार्यक्रमका संचालन गर्ने तयारी गरिएको हो । यी सात विद्यालयमा २ देखि ५ कक्षामा अध्ययनरत १९६ जना विद्यार्थीहरु रहेका छन् ।

बेनीघाट रोराङ वडा नम्बर ८, बिधाङमा एकीकृत आवाशीय बिद्यालय सञ्चालन सम्बन्धमा सुर्योदय आविका अभिभावकहरू सँग अन्तरक्रिया गर्दै पालिका प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, शिक्षा समितिका सदस्यहरु तस्वीरमा: