
धादिङ । मधुवन युवा समाजको आयोजनामा नीलकण्ठ नगरपालिका १३ स्थित मधुवनमा आजबाट देखि स्थानीय फुटबललाई प्रर्वद्धन गर्न दोस्रो खुल्ला पञ्चकन्या तथा भरत सारु मगर स्मृति कप-२०८० प्रतियोगिता हुने भएको छ ।
नेपाली कांग्रेसका निवर्तमान सभापति रमेश धमलाले उद्घाट गरे सँगै प्रतियोगिताको पहिलो खेल आज दिनको २ बजे हुने आयोजक संस्थाका अध्यक्ष समिर गुरुङले धादिङपोष्टलाई बताए । उनका अनुसार समाजसेवी पञ्चकन्या माविको शिक्षक २०७१/७/२२ गतेका दिन निर्मम रूपमा हत्या गरिएको थियो उहाँको स्मृतिमा यस प्रतियोगिता हुन लागेको हो ।
यस 7 “A” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको विजयी टिमले ५५ हजार ५५५ र उपविजेता टिमले २५ हजार ५२५ नगद पाउने छन् । फाईल तस्वीर गत संस्करणको हो ।
