चन्द्र सूर्य युवा क्लव विजयी

Avatar photo
Dhadingpost
बिहिबार, माघ ४, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ११ मा पौष २७ गते देखि जारी छैटौं चन्द्र सूर्य गोल्ड कप -२०८० आयोजक आफैले जितेको छ ।

२४ टिम बीच प्रतिस्पर्धा भएको यस 7 “A” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको माघ ३ गते भएको फाईनलमा आयोजक चन्द्र सूर्य युवा क्लवले चरङ्गे युवा क्लवलाई पेनाल्टीमा पराजित गर्दै उपाधी आफै सँग राखेको हो ।

फाईनल जित्दै चन्द्र सूर्यले ५५ हजार ५५५ आफै सँग राख्दा उपविजेता चरङ्गेले २५ हजार ५५५, तृतिय हुने टिम लामस्थान युवा क्लवले ५ हजार ५५५ र सान्तोना भएको टिम पन्चकन्या युवा क्ल्वलाई ५ हजार ५५५ नगद सहिद शिल्ड प्रदान गरिएको क्लवका अध्यक्ष राकेश लामिछानेले धादिङपोष्टलाई बताए ।