मधुवनमा माघ ६ देखि फुटबल प्रतियोगिता हुँदै

Avatar photo
Dhadingpost
बुधबार, माघ ३, २०८०

धादिङ । धादिङको नीलकण्ठ १३ स्थित मधुवनमा माघ ६ गते देखि स्थानीय फुटबल लाई प्रर्वद्धन गर्न दोस्रो खुल्ला पञ्चकन्या तथा भरत सारु मगर स्मृति कप-२०८० प्रतियोगिता हुने भएको छ ।

मधुवन युवा समाजको आयोजनामा हुन लागेको उक्त 7 “A” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको विजयी टिमले ५५ हजार ५५५ र उपविजेता टिमले २५ हजार ५२५ नगद पाउने छन् ।