धुनीबेसी महोत्सव पुस ६–१६ सम्म हुने

Avatar photo
Dhadingpost
मङ्लबार, पुस ३, २०८०

धादिङ । धादिङको धुनीबेसी नगरपालिकामा पुस ६ गते देखि १६ गते सम्म धुनीबेसी महोत्सव वडा नम्बर ६ चालिसेमा हुने भएको छ । महोत्सवको बारे जानकारी दिन ससोमबार आयोजकले पत्रकार सम्मेलन गरेको थियो ।

स्मार्ट धुनीबेसी युवा क्लबका अध्यक्ष सुदिप विक्रम शाहले धुनिवेशी नगरपालिकाको पहिचान र उत्पादनको प्रचार प्रसारका लागि महोत्सवको आयोजना गरिएको पत्रकार सम्मेलनमा बताएका थिए । पत्रकार सम्मेलनमा पत्रकारहरु सँगै नगरपालिकाको उपमेयर सुरज उप्रेती, नगरप्रवक्ता तथा धुनिवेशी ६ का वडा अध्यक्ष रमेश आचार्य लगायतको उपस्थिती थियो ।

महोत्ससव स्थल काठमाडौंबाट नजिक पर्ने हुँदा प्रचार प्रसारमा जोड दिन सके काठमाडौंबाट समेत अवलोकन गर्न आउनेको संख्या बढ्ने र महोत्सवको उद्धेश्यले थप सार्थकता पाउने प्रवक्त रमेश आचार्यले बताएको थिए ।