गोरखाको ग्याजा कप धादिङको ज्वालामुखीले जित्यो

Avatar photo
नारायण सिलवाल
सोमवार, मंसिर ४, २०८०

धादिङ । सृजनशिल युवा क्लब गण्डकी ५ दर्बुङ गोरखाले आयोजना गरेको चौथो ग्याजा कप -२०८० पुरुष भलिबल प्रतियोगिता धादिङको ज्वालामुखी गाउँपालिका १ ले जितेको छ ।

१८ टिम सहभागी उक्त प्रतियोगितामा धादिङबाट ८ टिम सहभागी भएका थिए । जस मध्य फाईलनमा आयोजक सृजनशिललाई पराजित गर्दै ज्वालामुखी १ विजेता बन्न सफल भएको हो ।

प्रतियोगिता जिते सँगै ज्वालामुखी १ ले नगद १ लाख १ हजार हात पारेको छ । विजेता ज्वालामुखी १ को टिममा राम गिरी, सुदिप श्रेष्ठ, सोनाम आलेमगर, कृशान गुर्चन, सुनिल श्रेष्ठ, अनिश आलेमगर, चेतन आलेमगर, शिव आलेमगर, आशिष आले रहेका थिए ।

उपविजेता सृजनशिलले ५१ हजारमा चित्त बुझायो । कार्तिक ३० गते देखि सुरुभएको उक्त प्रतियोगिता मंसिर ३ गते सम्म संचालन भएको थियो ।