दोलखामा खेल्ने धादिङ फुटबल टिम सार्वजनिक

Avatar photo
नारायण सिलवाल
मङ्लबार, कार्तिक २१, २०८०

धादिङ । दोलखा जिल्ला फुटबल संघको आयोजनामा दोलखाको भिमेश्वर रंगशालामा सुरुभएकाे बागमती प्रदेश क्लव स्तरीय प्रतियोगितामा धादिङले पहिलो खेल बाई पाए सँगै पहिलाे खेल कार्तिक २३ गते हुने छ ।

विजेताले २ लाख ५० हजार र उप विजेताले १ लाख २५ हजार पाउने यश प्रतियाेगितामा धादिङले पहिलो खेल एक्टिभ ब्वाईज क्लव खरीढुङ्गा र चरिकोट गेमिङ बीच हुने खेलको विजेता सँग कात्तिक २३ गते दिउँसो १ बजे खेल्ने भएकाे छ । प्रतियाेगितामा ११ टिमले भाग लिएका छन् ।

जिल्ला फुटबल संघ धादिङका अफिसियल प्रशिक्षक रवि भण्डारीका अनुसार धादिङ टिमबाट रुपेश अधिकारी,सागर तामाङ, विजय लामा, शैलेन्द्र लामा, कबिन्द्र तामाङ, बिमल तामाङ, रजन बोहरा, अमित थापा, मनिश नेपाल, आशिष प्रजा, सुर्य लामा र समीर गुरुङ खेल्ने छन् ।

प्रतियोगिताको ग्रुप ए मा धादिङ जिल्ला फुटबल संघ, न्यू जेनेरेशन युवा क्लव बोच, लक्की स्टार बुङ्मती ललितपुर, एक्टिभ ब्वाईज क्लव खरिढुङ्गा, चरिकोट गेमिङ रहेका छन् भने समुह बी मा मन्थली ब्वाईज रामेछाप, सिन्धुपाल्चोक जिल्ला फुटबल संघ, नुवाकोट यूनाईटेड क्लव, लाली गुराँस युवा क्लव र सरस्वती ब्वाई क्लव काभ्रपलाञ्चोक रहेका छन् ।

यस्तो छ खेल तालिका