धुनीबेसीद्वारा डीपीएलका लागि खेलाडी छनोट, विवेक रानामगर ल्याउने

Avatar photo
नारायण सिलवाल
सोमवार, कार्तिक २०, २०८०

धादिङ । धादिङको धुनीबेसी नगरपालिकाले मंसिर २ गते देखि जिल्ला क्रिकेट संघ धादिङको अयोजनामा हुने धादिङ प्रिमियर लिग (डीपीएल) टी २० का लागि १४ जना खेलाडी छनोट गरेको छ ।

धुनीबेसीले टिममा यू-१९ का राष्ट्रिय खेलाडी विवेक रानामगर, प्रादेशिक खेलाडीहरु विपिन आचार्य, निर्भक पाठक र कौशल रुपाखेतीलाई राखेको छ, रुपाखेती धुनीबेसी निवासी हुन् । १४ जना खेलाडीको नाम सार्वजनिक गरेको धुनीबेसीले टिम व्यवस्थापकमा अनिल उप्रेती र प्रशिक्षकमा सुदिप भट्टलाई जिम्मेवारी दिएको छ । खेलाडी छानिएको छ अब प्रशिक्षणका क्रममा खेलाडीको पोजिसन निर्धारण हुने अनिल उप्रतीले धादिङपोष्टलाई बताए ।

यी हुन् धुनीबेसीबाट धादिङ प्रिमियर लिगका लागि छनोट भएका खेलाडीहरु
व्यवस्थापक: अनिल उप्रेती
प्रशिक्षक: सुदिप भट्ट
१. सुदिप पाठक
२. विवेक राना मगर
३. विपिन आचार्य
४. कौशल रुपाखेती
५. निर्भिक पाठक
६. सुनिल बानियाँ
७. सस्कार पाठक
८. शुसान भट्ट
९. अनुपम उप्रेती
१०. विश्वाश क्षेष्ठ
११. नवराज उप्रेती
१२. प्रनित भट्ट
१३. सुजन पाठक
१४. समिर तिमल्सिना