कांग्रेस धादिङको भोली हुने सम्मेलन दिलमान पाख्रीन, रमेश धमला र भिम ढुङ्गाना पक्षले बहिस्कार गर्ने

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १७, २०८०

धादिङ । नेपाली कांग्रेस धादिङले पार्टी इतिहास मै पहिलो पटक भोली २०८० कात्तिक १८ गते गर्न लागेको जिल्ला सम्मेलन निवर्तमान सभापती रमेश धमला, केन्द्रीय सदस्य दिलमान पाख्रीन र नेता भिम ढुङ्गानाले बहिस्कार गर्ने भएका छन् ।

शुक्रबार साँझ पत्रकार सम्मेलन गरि पार्टीको आन्तरिक जीवनमा गर्नुपर्ने काम वर्तमान कार्यसमितिले नगरेकोले आफुहरुले जिल्ला सम्मेलन बहिस्कार गर्ने जनाएका हुन् ।

उता जिल्ला सभापति रामनाथ अधिकारीले जिल्ला सम्मेलनको तयारी सकिएको र सम्मेलनलाई नेपाली कांग्रेसका प्रभावशाली नेता मा। डा। शेखर कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए ।