धादिङको प्रकाश माविले कार्तिक २५ देखि महिला भलिबल प्रतियोगिता गर्ने

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १४, २०८०

धादिङ । समाज सेवी स्वर्गिय प्रेम बहादुर तामाङको स्मृतिमा नीलकण्ठ नगरपालिका १ काउलेमा रहेको प्रकाश माध्यामिक विद्यालयले कार्तिक २५ गते देखि जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गर्ने भएको छ ।

कार्तिक २७ गते सम्म जारी रहने भनिएको उक्त महिला भलिबल प्रतियोगिताको पुरस्कार राशी प्रथम ४५ हजार, द्वितिय २५ हजार, तृतिय १५ हजार र सान्तोना ९ हजार रहने बताईएको छ ।