
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा आजबाट सल्यानटार क्रिकेट क्रिकेट क्लव त्रिपुरासुन्दरीको आयोजनामा खुल्ला टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । ९ टिमले सहभागी जनाउने यस प्रतियोगिताको उद्घाटन पालिका अध्यक्ष राजु उप्रेतीले गरेका थिए ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष उप्रतीले गत वर्ष जिल्ला स्तरीय प्रतियोगिता नै त्रिपुरासुन्दरीले जितेको स्मरण गर्दै पालिकाले क्रिकेटलाई महत्वको विषयमा राखेको बताएका थिए । नेपालको क्रिकेट विश्वमा नै परिचत बनिरहेको बेला स्थानीय सरकारले क्रिकेटलाई महत्वको विषय नबनाउने कुरै भएन, अब प्रतियोगिता सँगै भौतिक पूर्वाधारमा समेत पालिकाले ध्यान दिने बताएका थिए ।
प्रतियोेगिताको उद्घाटन सत्रमा वडाअध्यक्षहरु कुशबहादुर सिटौला, सुवास अधिकारी दर्पण, विभिन्न संघ संस्थाका प्रतिनीधिहरुको आतिथ्यता रहेको आयोजकले जनाएको छ ।
आज उद्घाटनको दिन नागेश्वरी सीटी विरुद्ध सल्यानटार सीसी बीचको खेल सम्पन्न भएको छ । यस खेलमा नागेश्वरी विजयी बन्यो । सल्यानटार सीसीले दिएको ८४ रनको लक्ष्य नागेश्वरीले ५ विकेटको क्षेतिमा ८ बल छँदा पुरा गरेको थियो । जितका लागि नागेश्वरीका खेलाडी राजाराम गिरीले व्यक्तिगत ४९ रन बनाएका थिए भने उनले ४ विकेट लिन समेत सफल भएका थिए ।
यस्तै भोलीको खेल बिहान ७ बजे आरुघाट सीटी विरुद्ध साङ्कोष सीटी, ११ बजे नागेश्वरी सीटी विरुद्ध सल्यानटार यूनाईटेड सीटी, २ः३० बजे हण्टर सल्याण्टार विरुद्ध आगिञ्चोक बीचको खेल हुने आयोजकको खेल तालिकामा उल्लेख छ ।



















