माओवादी त्रिपुरासुन्दरीले अभियानलाई थप प्रभावकारी बनाउने

Avatar photo
कला थापा
सोमवार, अशोज २२, २०८०

धादिङ । नेकपा माओवादी केन्द्र त्रिपुरासुन्दरीको आज सम्पन्न अगुवा कार्यकर्ता प्रशिक्षणमा प्रमुख अतिथि माओवादी बागमती प्रदेश सदस्य सुवास अधिकारीले ३ महिने अभियानलाई थप प्रभावकारी बनाउने बताएका छन् ।

उनले अबको अभियान जनताको घरदैलो सँगै पार्टी सदस्याता नविकरण र नयाँ सदस्यता विस्तारलाई जोड दिन प्रशिक्षणमा सहभागीहरुलाई निर्देशन गरेका थिए ।

त्रिपुराको पार्टी अध्यक्ष देवराज धरेलको सभापतित्वमा सम्पन्न प्रशिक्षणमा त्रिपुरासुन्दरी प्रदेश कमाण्ड इन्चार्ज नवराज अधिकारी र नेता अजुन नगरकोटीले सहजीकरण गरेका थिए ।