धादिङबेसीमा कराँते प्रतियोगिता सुरु, ८९ जना खेलाडी सहभागी

Avatar photo
Dhadingpost
शनिबार, अशोज २०, २०८०

धादिङ । धादिङबेसीमा आजबाट सतोरियो कराँते प्रतियोगिता सुरुभएको छ, प्रतियोगितामा ८९ जना खेलाडीले भाग लिने बताईएको छ । प्रतियोगिताको उद्घाट नीलकण्ठका मेयर भिम प्रसाद ढुङ्गानाले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै मेयर ढुङ्गानाले हरेक विधाका खेलकुदलाई नगरपालिकाको सहयोग रहने बताउँदै यस प्रतियोगिताका लागि पनि आर्थिक सहयोग गरिने प्रतिवद्धता जनाएका थिए ।

यस्तै कार्यक्रमका अथिति रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले आफ्नो पालिकाबाट १ दिन पैदन हिडेर र ५ घण्टा जिपमा यात्रा गरेर ४० भन्दा बढी खेलाडीहरु यस प्रतियोगितामा सहभागि भएको जनाएका थिए । रुबीभ्यालीमा कराँते खेल लोकप्रिय भएको दावी गरे । उनले जिल्ला स्तरीय प्रतियोगिता रुबीभ्यालीमा राख्न आयोजक सतोरियो कराँते संघ धादिङलाई आग्रह गर्दै खर्च सहयोग गाउँपालिकाले गर्ने बताएका थिए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ र सतोरियो कराँते महासंघको अध्यक्ष एवम् कराँते महासंघका सचिव दावा गुरुङको विशेष आतिथ्यता, सतोरियो कराँते संघ धादिङ अध्यक्ष बलराम थापामगर लगायतको आतिथ्यता रहेको थियो

धादिङका पूर्व खेलाडी एवम् जिल्ला खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष रमेश कोईरालाको संचालनमा भएको उक्त उद्घाटन कार्यक्रमको सभापतित्व जिल्ला खेलकुद विकास समिति धादिङका कराँते प्रशिक्षक एवम् सतोरियो कराँते डोजो धादिङका प्रमुख भिम गुरुङले ग।रेका थिए । रहेको थियो । उद्घाटन पूर्व धादिङबेसी पुछारबजारबाट आयोजक सतोरियो कराँते डोजो धादिङले बाजागाजा सहित र्याली गरेको थियो ।