आलु बेचर दशैं मान्ने सुरमा रहेका झार्लाङका किसान सडक मर्मत नहुँदा चिन्तित

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज १९, २०८०

धादिङ । धादिङको उत्तरी क्षेत्र लेकाली आलुले प्रसिद्ध छ । आलुकै भरमा ६ महिना पार गर्ने समुदाय पनि धादिङको उत्तरी क्षेत्रमा भेटिन्छन् । आलु बेचेर दशैं मान्ने तयारीमा रहेका झार्लाङ किसानहरु वर्षाले विगारेको सडक संचालनमा नआउँदा मर्कामा परेको पेरेम तामाङले बताए ।

दशैं अगाडी सडक मर्मत होला र आलु सदरमुकाम धादिङबेसी, काठमाडौं लगेर बेच्ने सुरमा रहेका झार्लाङका स्थानीयहरु सडक सुधार नहुँदा मर्कामा परेको उनी बताउँछन् ।

धादिङको उत्तरी क्षेत्र मध्य खनियाबास झार्लाङमा यस वर्ष आलुखेती राम्रो भएको किसानहरु बताउँछन् । चिसो हावा पानीमा फलेको अत्यन्तै मिठो र स्वाथ्य वर्धक लेकाली आलु खन्नमा व्यस्त छन् झार्लाङका किसानहरु यतिबेला ।

आलु खेतीको पकेट मनिने झार्लाङका किसानहरु यसपाली आलुखेती राम्रो भएकोमा खुशी छन् । नेपाल कै मीठो मानिने झार्लाङको आलु यातायात सूचारु नहुँदा बजार पाउन सकि रहेको छैन ।

रुबिभ्यालि खनियाबास र गङगजमुनाको जनताहरु विगत ५ महिनादेखि सडक अवरुद्ध र वर्षद कारण सडक सन्जालबाट टाढा छन् । चाडपर्व नजिकिदै गर्दा पनि सडक सरसफाइ र पहिरो पन्छाउने कार्य नहुँदा स्थानीयहरुले सास्ती खेप्नु परेको छ।

चाडपर्वमा अफान्त भेटघाट, समाग्री किनबेच, लामो विदा भएकोहरु घुमघाममा जाने समय हुँदा पनि, ससद, जनप्रतिनिधि ,सरोकारवाला र स्थानीय सरकारले सडक सरसफाई,पहिरो पन्छाउने कार्य नगर्दा, स्थानीयहरु चिन्तित बनेका छन् ।

सडक सरसफाइ नगर्दा झार्लाङमा उत्पादित आलु बजारीकरण हुन सकेन आलु कुहिने चिन्ता,आलु बेचेर चाडपर्व खर्च बेहोर्ने,जोहो गर्ने किसानहरु चिन्तित ।