
धादिङ । नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले ६ जना मनोनित गरे सँगै जिल्ला समिति ७० जनाको भएको छ । कांग्रेस धादिङले जिल्ला सम्मेलन असोज १९ गते गर्ने समेत निर्णय गरेको छ ।
सभापति रामनाथ अधिकारीद्वारा मनोनित ६ जना जिल्ला सदस्यहरुमा बद्री अर्याल, दिपक कोइराला, राजेन्द्र अर्याल, शान्तकुमार बाँनिया, श्याम सुवेदी, दिपक रूपाखेती, कपिन्द्र अधिकारी रहेका छन् ।
नेपाली कांग्रेस धादिङका सचिव विकास श्रेष्ठका अनुसार असोज १९ गने शेखर कोईरालाको प्रमुख आतिथ्यामा हुने जिल्ला सम्मेलनमा जिल्ला अधिवेशनमा क्षेत्रिय प्रतिनीधि भएर आएका २ हजार २०७ जना सहभागी हुने छन् ।
उक्त अवरसमा बृहत रक्तदान कार्यक्रम गर्ने पनि कांग्रेसले निर्णय गरेको छ । यस अघि कांग्रेसले ज्वालामुखीमा गरेको रक्तदानमा ३१ जना महिला र १८७ जना पुरुष गरि २१८ जनाले रक्तदान गरेका थिए धादिङमा एउटै कार्यक्रममा रक्तदान गरेको सर्वाधिक संख्या अहिले सम्म कायम नै छ ।