धादिङ फुटबल क्लव र देवालीछाप फाईनल प्रवेस

Avatar photo
नारायण सिलवाल
शनिबार, भदौ ३०, २०८०

धादिङ । जिल्लाका १२ क्लवले भाग लिएको धादिङ जिल्ला नकआउट फुटबल प्रतियोगितामा धादिङ फुटबल क्लव र देवालीछाप फाईनल प्रवेस फाईनल प्रवेस गरेका छन् । फाईनल खेल आईतबार दिउँसो हुने आयोजक धादिङ जिल्ला फुटबल संघका महासचिव रामहरि थापाले बताए ।

आज भएको पहिलो सेमीफाईनल खेलमा देवालीछाप युवा क्लव थाक्रेले १–० ले बच्छलादेवी युवा क्लव धुनीबेसीलाई पराजित गरेको थियो भने, दोस्रो सेमिफाईनलमा धादिङ फुटबल क्लव नीलकण्ठले ३–१ को गोल अन्तरले हाईवे स्पोर्टस बेनीघाट रोराङलाई पराजित गरेको थियो ।

यो नकआउट प्रतियोगितामा जित्ने टोलीले जिल्ला लिगका लागि स्थान सुरक्षित गर्ने छ । तर यो पटकको नकआउट विजेताले यस वर्षको जिल्ला लिग भने खेल्न नपाउने र अर्को वर्ष हुने जिल्ला लिग खेल्न पाउने एन्फाको नियम रहेको जिल्ला फुटबल संघ धादिङका धादिङका महासचिव थापाले बताए ।

यी हुन फाईन खेल्ने दुई क्लवका खेलाडीहरु

धादिङ फुटबल क्लवनीलकण्ठ
१. गोपीकृष्ण भण्डारी, २.अजय वि.क., ३. सुवास वि.क., ४. अमित तामाङ, ५. सुजित गुरुङ, ६. मिलन श्रेष्ठ, ७. सन्देश तामाङ, ८. आयुष तामाङ, ९. सन्तोष तामाङ, १०. कविन्द्र तामाङ, ११. सन्दिप तामाङ, १२. श्याम तामाङ, १३. आनन्द तामाङ, १४. राजन बोहरा, १५. अर्जुन तामाङ, १६. लालदुहवमा तामाङ

देवालीछाप युवा क्लव,थाक्रे
१. अमित थापा क्षेत्री, २. विशाल तामाङ, ३. प्रितम तामाङ, ४. विनोद तामाङ, ५. पासाङ तामाङ, ६. सन्देश तामाङ, ७. विनोद तामाङ, ८. मधु घले, ९. अन्जन आले मगर, १०. किरण थोकर तामाङ, ११. अक्कल बहादुर तामाङ, १२. राम बहादुर तामाङ, १३. प्रकाश तामाङ, १४. गौतम तामाङ, १५. उमेश तामाङ, १६. देवा तामाङ, १७. सरोज भोलान तामाङ, १८. बुद्धिमान घलान

यी १२ टिमले भाग लिएका थिए जिल्ला नकआउट

  • धादिङ फुटबल क्लव, धादिङ नीलकण्ठ (फाईनल प्रवेस)
  • देवाली छाप युवा क्लव, थाक्रे (फाईनल प्रवेस)
  • हाइवे स्पोर्ट्स क्लव, बेनीघाट रोराङ
  • धादिङ जेसिस, धुनीबेसी
  • संवाहक युवा क्लव, धुनीबेसी
  • वच्छलादेवि युवा क्लव, धुनीबेसी
  • अरुणोदय युवा क्लव, सिद्धलेक
  • पिपलटार युवा क्लव, सिद्धलेक
  • लालिगुँरास युवा क्लव, सिद्धलेक
  • आहुती युवा क्लव, थाक्रे
  • मुनाल एकेडेमी, गजुरी
  • शुभारम्भ युवा क्लव, ज्वालामुखी