धादिङ । जिल्ला फुटबल संघ धादिङले भदौंमा जिल्ला नक आउट र जिल्ला लिग दुबै प्रतियोगिता आयोजना गर्ने भएको छ ।
एन्फा धादिङका महासचिव रामहरि थापाका अनुसार भदौको दोस्रो साता नकआउट र त्यस लग्गतै जिल्ला लिग हुनेछ । कति गतेबाट प्रतियोगिता हुन्छ भन्ने चाहि जिल्ला फुटबल संघ धादिङको भदौ ३ मा बस्ने बैठकले ठोस गर्ने उनले बताए ।
गत लिगमा प्रतियोगितामा अन्तिम भएको अरुणदय युवा क्लव, आदमटार, सिद्धलेक सहित नयाँ क्लवहरुले भादौ दोस्रो साता हुने नकआउट प्रतियोगितामा भाग लिन पाउने छन् भने विजेता टिमले जिल्ला लिग खेल्न पाउने छ ।
जिल्ला फुटबल संघ धादिङको सदस्य ११ वटा क्लवहरुले खेल्न पाउने जिल्ला लिग खेल्ने छन् जसमा यस गत वर्षको नआउटबाट जिल्ला लिगका लागि छनोट भएका १० टिम र अब हुने नकआउटको विजेताले खेल्ने छन् । महासचिव थापाका अनुसार लिग विजेता क्लवले प्रदेश लिग खेल्न पाउने छ ।
भदौ महिनामा धादिङ फुटबलको महत्वपूर्ण महिना बन्दै छ । नक आउट र लिग दुबै प्रतियोगिता हुने हुँदा क्लवहरुलाई तयारीमा रहन समेत महासचिव थापाले आग्रह गरेका छन् । फाईल तस्वीर
जिल्ला लिग खेल्ने क्लवहरु
- धुनीबेसी युवा क्लव, धार्के, धुनीबेसी
- इन्द्रेणी युवा क्लव, आदमघाट, गजुरी
- गलौंदी युवा क्लव, गलौंदी, गजुरी
- धादिङ समाज धादिङ, धादिङबेसी नीलकण्ठ
- न्यू स्टार युवा क्लव महादेबेसी, थाक्रे
- पञ्चमन्या युवा क्लव एक्लेफाँट, थाक्रे
- विद्यार्थी उपकार संघ, धुवाँकोट, नीलकण्ठ
- भद्रकाली सामुदायीक विकास समाज, मलेखु, बेनीघाट
- गजुरी सामुदायीक विकास समाज, गजुरीबजार, गजुरीे
- व्वाईज यूनाईटेड धादिङबेसी, नीलकण्ठ
- अब हुने नकआउट विजेत टिम