धादिङबेसीमा साउन १२ र १३ गते ब्याडमिण्टन प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
शुक्रबार, साउन ५, २०८०

धादिङ । धादिङ जिल्ला ब्याडमिण्टन संघ नीलकण्ठ ३ को आयोजनामा यहि साउन १२ र १३ गते धादिङबेसी स्थित कभर्ड हलमा वडा अध्यक्ष जिल्ला स्तरीय पुरुष युगल खुल्ला ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा ‘ए’ लेभल‘बी’ लेभलका खेलहरु हुने छन् । ए लेभलको खेलको विजेताले २५ हजार उपविजेताले १२ हजार र सान्तोना दुई टिमले ६-६ हजार पाउने छन् भने बी लेभलको खेलको विजेताले २० हजार उपविजेताले १० हजार र सान्तोनाले ५-५ हजार पाउने छन् ।

प्रतियोगितामा भाग लिन चाहाने जिल्लाका खेलाडीहरुले साउन १० गते भित्र टिम दर्ता गराउनु पर्ने आयोजकले जनाएको छ । फाईल तस्वीर