विद्यार्थीलाई दही चिउरा

Avatar photo
Dhadingpost
शुक्रबार, असार १५, २०८०

धादिङ । जिल्ला सदरमुकाम धादिङबेँसीस्थित एड्भान्स एकेडेमीका विद्यार्थीहरूले हरेक वर्षझैँ विविध गतिविधि सञ्चालन गरी असार पन्ध्र मनाएका छन् ।

असार पन्ध्र अर्थात् नेपाली समाजमा दही चिउरा खाने दिनको रूपमा प्रचलित यस दिन एड्भान्सका विद्यार्थीहरूले विद्यालयमा दिवा खाजाको रूपमा दही चिउरा खाएर असार पन्ध्र मनाएका हुन् ।

त्यसैगरी हरेक वर्ष असार पन्ध्रको दिन मनाईने राष्ट्रिय धान दिवसको अवसरमा विद्यार्थीहरूले शिक्षकहरूबाट धान रोपाईँ र कृषि सम्बन्धि जानकारी पनि लिएका थिए ।