धादिङ । सामाजिक काममा योगदान गर्दै आएका बेनिघाट रोराङ गाउपालिका वडा नं ५ का दिनेशकुमार कडेल (रबि) लाई बागमती प्रदेश सरकारले सम्मान गरेको छ ।
को-अपरेटिभ युथ अर्गनाईजेशन नेपाल (कोयोन) का संस्थापक अध्यक्ष समेत रहेका उनलाई समग्र प्रदेशको शैक्षिक तथा सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएकोमा सम्मान गरिएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।
कडेलले धादिङमा मात्रै निम्न काम गरेका छन्:
२०५८ देखी नै यसै बेनिघाट रोराङ गाउपालिका बिभिन्न वडाहरुमा रहेका बिद्यालयहरुका लागी भवन, पुस्तकालय, शौचालय, छात्राबास, भौतिक निर्माणमा समेत निम्न सहयोग गरेका देखिन्छ ।
१. चन्द्रोदय माध्यमिक विद्यालय, बेनिघाट बजारको भवन, पुस्तकालय, शौचालय आदी निर्माण
२. चन्द्रोदय माध्यमिक विद्यालय, बिशालटारको भवन, पुस्तकालय, शौचालय निर्माण र अन्य सहयोग
३. बेनिघाट बजारमा ग्रामिण सुचना केन्द्र नामको पुस्तकालय निर्माण र सञ्चालन
४. जनगाँउ प्राथमिक विद्यालय, जनगाऊको भवन तथा शौचालय निर्माण
५. बसन्त प्राथमिक विद्यालय, सुयल भन्ज्याङको लागी भवन तथा शौचालय निर्माण
६. भैरबी प्राथमिक विद्यालय, गौमतीको भवन तथा शौचालय निर्माण
७. हर्कपुर प्राथमिक विद्यालय, हर्कपूरको भवन तथा शौचालय निर्माण
८. हर्कपुर माध्यमिक विद्यालय, गोदामको भवन तथा शौचालय निर्माण
९. ईराङ रिचोक प्राथमिक विद्यालय, ईराङको ७ कोठे भवन निर्माण र भुकम्प पश्चात पुननिर्माण
१०. बुद्दि बिकास प्राथमिक विद्यालय, चरौदीको भवन निर्माण
११. शंखादेबी माध्यमिक विद्यालय, मझिमटारको लागी ४ कोठे भवन तथा शौचालय निर्माण
१२. चन्द्रोदय माध्यमिक विद्यालय, बिशालटारको लागी छात्राबास निर्माण
१३. सहारा बिहिन बालबालिकाहरुका लागी बाहुनटारमा ह्याप्पी होम नामको बालगृह निर्माण तथा सञ्चालन
१४. जोगिमारा आधारभूत बिद्यालयका बिद्यार्थीहरुका लागी खाना तथा खाजाको ब्यबस्थापन
१५. भुकम्प तथा कोरोनाको बेलामा आधुनिक टेन्ट तथा खाद्यान्न सहयोग
यसका साथै कडेलले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसंग समन्वय गरि बागमती प्रदेशका अन्य जिल्लाहरु चितवन, ललितपुर, भक्तपुर, रामेछाप, सिन्धुली, दोलखा, रसुवा, काभ्रे लगायतका जिल्लाहरुमा विद्यालयको भवन, पुस्तकालय, छात्रावास निर्माण एवं विद्यार्थीहरुका लागी शैक्षिक सामग्री, विद्यालय पोशाक तथा न्यानो कपडा वितरण गर्नुका साथै राष्ट्रिय विपद्का वेलामा विपन्न नागरिकहरुका लागी खाद्यान्न, लत्ताकपडा, औषधी लगायतका अत्यावश्यक सामग्रीहरु उपलब्ध गराउदै आएका छन् ! बागमती प्रदेश बाहेक गण्डकी प्रदेशको गोरखा, लमजुङ र सुदुर पश्चिमको डोटी, अछाम र बाजुरा लगायतका जिल्लाहरुमा समेत कडेल मार्फत विविध सहयोगहरु उपलब्ध हुदै आएको छ!