पानी खाएको सेकेण्डभरमा १७ बाख्रा मरे

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ २५, २०८०

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ७ भैसेमा रेशम श्रेष्ठको १७ वटा बाख्रा पानी खाएको सेकेण्ड भरमा मरेको छ । विहिबार बिहान ११ बजे चराएर घर ल्याएर पानी खान दिएको र पानी खाँना साथ फिज निकाल्दै सेकेण्ड भर मै १७ बाख्रा मरेको रकिम अन्सारीले धादिङपोष्टलाई बताए ।

३० वटा बाख्रा मध्य पानी नखाने अन्य बाख्रालाई भने केहि भएको छैन । अहिले पशु कार्यालय डाक्टरहरु आईसकेका छन् पानीमा बिष मिसिएको हुनसक्ने अन्दाज गरिएपनि अनुसन्धान जारी रहेको अन्सारिले बताए ।