एड्भान्सका विद्यार्थीले मनाए विश्व वातावरण दिवस

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ २२, २०८०

धादिङ । धादिङबेँसीस्थित एड्भान्स एकेडेमीका विद्यार्थीहरूले हरेक वर्ष झैँ विविध कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएका छन् ।

जुन ५ तारिखमा विश्वव्यापी रूपमा मनाइने वातावरण दिवसको अवसरमा कक्षा नौ र दशका विद्यार्थीहरूले विद्यालय हाता वरिपरि रहेका रूखविरूहरूको गोडमेल तथा विद्यालय हातापछाडि वृक्षारोपण गरेका छन् । वृक्षारोपणका लागि जिल्ला वन कार्यालयले आवश्यक विरुवाहरू उपलब्ध गराएको थियो ।

त्यसैगरी कक्षा एक देखि आठसम्मका विद्यार्थीहरूले वातावरणसँग सम्बन्धित बृहत चित्रकला प्रदर्शनी आयोजना गरेका थिए । चित्रकला प्रदर्शनीका लागि कक्षा एकदेखि चारसम्मका विद्यार्थीहरूबिच रङ भर प्रतियोगिता आयोजना गरिएको थियो भने कक्षा पाँचदेखि आठसम्मका विद्यार्थीहरूका लागि वातावरणसँग सम्बन्धित चित्रकला प्रतियोगिता सञ्चालन गरिएको थियो ।

रङ भर प्रतियोगितामा कक्षा एकबाट शीतल मगर प्रथम, रिदिमा नेपाली द्वितीय र मेघ्ना अधिकारी तृतीय भएका छन् ।
कक्षा दुईबाट गुराँस श्रेष्ठ प्रथम, दिप्शिखा खान ठकुरी द्वितीय र परिधि भट्ट तृतीय भएका छन् ।
कक्षा तीनबाट भने समीर मगर प्रथम, अनुशा घले द्वितीय र स्वीकृति सारु मगर तृतीय भएका छन् । त्यसैगरी कक्षा चारबाट अनुप श्रेष्ठ, रुस चौधरी र कुसुम तामाङ क्रमश: प्रथम, द्वितीय र तृतीय भएका छन् ।

चित्रकला प्रतियोगितामा कक्षा पाँचबाट सुगम गुरुङ प्रथम, कृशु श्रेष्ठ द्वितीय र जेनिश तामाङ तृतीय भएका छन् भने कक्षा छबाट मन्जु तामाङ प्रथम, प्रकृति श्रेष्ठ द्वितीय र चन्द्रमा घले तृतीय भएका छन् ।

कक्षा सातमा अध्ययनरत छात्रा विज्ञ श्रेष्ठ प्रथम भएकी थिइन् भने विनायक राना मगर र जेनिशा तामाङ क्रमश द्वितीय र तृतीय भएका छन् ।

त्यस्तै कक्षा आठको प्रतियोगितामा सङ्गम लम्सालले प्रथम स्थान हाँसिल गरेका छन् भने नम्रता दुवाडीले द्वितीय र आरब खड्काले तृतीय स्थान प्राप्त गरेका छन् ।कार्यक्रमबिच सबै उत्कृष्ट विद्यार्थीहरूलाई विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

विद्यार्थीहरूको चौतर्फी विकासका लागि एड्भान्स एकेडेमीमा हरेक राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका दिनहरूमा विद्यार्थीहरूको सहभागितामा दिवसीय कार्यक्रमहरू सञ्चालन गर्ने गरिएको प्रिन्सिपल श्रेष्ठले धादिङपोष्टलाई बताए ।