धादिङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “विद्यार्थी सँग प्रहरी” अभियान संचालनको क्रममा नीलकण्ठ ३ स्थित चिल्ड्रेनपार्क माध्यमिक विद्यालयका विद्यार्थीहरु शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय परिसर पुगे ।
जिल्ला प्रहरी कार्यालय धादिङमा आमन्त्रणमा जिल्ला प्रहरी कार्यालयमा पुगेका उनीहरुले नागरीक सहायता कक्ष, दर्ता/चलानी, कन्ट्रोल रुम, हिरासत कक्ष, महिला, बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र लगायतका विभिन्न शाखाहरु अवलोकन गरेका थिए ।
प्रहरी कार्यालयबाट हुने सेवा प्रवाह बारे जानकारी तथा विद्यार्थीहरुको विभिन्न जिज्ञासाहरुलाई कार्यालय प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रबाट सम्बोधन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।